• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् (असार ९ गते)


    असार ९ गते, मंगलबार।
    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ९१ लाख पुगेको छ ।मंगलबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ९१ लाख ३९ हजार ९१९ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ७३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ३८ हजार ९१ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ।

    कोरोना भाइरसका कारण हिजो मंगलबार एकै दिन भारतमा ३ सय २१ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा ७ सय ४८ , अमेरिकामा ३६२ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा २३ जना, मेक्सीकोमा १ हजार ४४ जना, युकेमा १५ जना, इरानमा ११९, पेरुमा १७८ जना,क्यानडामा २० जना, चीलीमा १८४ जना, पाकिस्तानमा ११९, र रसियामा ९५ जनाको ज्यान गएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ५३५ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ९ हजार ५६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ८६६७ पुरुष र ८९४ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७५ जिल्लामा देखिएको छ । आज थप ३७० संक्रमित निको भएको छन् । यो संगै नेपालमा २१४२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    नेपालमा हाल सम्म १ लाख ८१ हजार ३ सय ७१ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ६ हजार १९२ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख ८६ हजार १०३ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ५ हजार ९२९ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर ९० हजार ७३० जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस