घर निर्माण गरेका आठ परिवारलाई रकम हस्तान्तरण
खोटाङ, ९ असार /दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाका १४ घर गरिब परिवार छनोट गरिएकामा घर निर्माण सम्पन्न गरेका आठ घरपरिवारलाई सोमबार रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गर्नुभयो । गरिब घरपरिवारलाई रकम हस्तान्तरण कार्यक्रममा नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति थियो ।
गरिबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरवासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन् । “घर निर्माण गर्ने पैसा अभावले हामी झुप्रोमा जीवन बिताइरहेका थियौँ”, रकम बुझेपछि वडा नम्बर–७ दोर्पाकी कविता राईले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भएपछि गरिबलाई पनि सरकारले हेर्दोरहेछ भन्ने अनुभूति भएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रमअन्तर्गत यस वर्ष १०० घर निर्माण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताउनुभयो । कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केही दिनभित्रै रकम प्रदान गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस