टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ ध्रुवकोट का सहचालक १७ बर्षीय आशिष विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी मोहन बहादुर खाणले दिएको जानकारी अनुसार, आज बिहान सवा नौ वजे विनयी त्रिवेणी ३ स्थित खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाणि भाग विधुत पोलको तारमा छुने जादा टिपरका चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटना परी मृत्यु भएकाको मुचल्का उठाइ पोष्ट मार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस