बेँसीशहर–चामे सडक पुनःसञ्चालन
लमजुङ, ९ असार/अविरल वर्षाले पहिरो जाँदा अवरुद्ध बेँसीशहर– चामे सडक पुनःसञ्चालन भएको छ । पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी च्याम्चेमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो ।
अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर– चामे सडक अवरुद्ध हुन सक्ने उहाँको भनाइ छ । बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस