प्युठानको क्वारेन्टिनमा जन्मियो शिशु
झिमरुक, ९ असार/ प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो ।
क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस