तातोपानी नाका नियमित सञ्चालन
मेलम्ची, ९ असार / तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ ।
वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस