बाँकेमा कार दुर्घटना, दुईको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार वा १४च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो । यसैबीच बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ ।
डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । यादवमाथि नेपालगञ्ज—२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ ।
विसं २०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताउनुभयो ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर(ज्वाला समूह)ले लिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस