टेनिसका विश्व नम्बर एक खेलाडी जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण
असार १० गते, २०७७।
टेनिसका नम्बर एक खेलाडी नोभाक जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । बेलग्रेड पुग्नासाथ उनको, उनको परिवारको र उनको टिमका सबै सदस्यहरुको कोरोना परीक्षण गराइएको थियो ।
परीक्षणको क्रममा जोकोभिक र उनकी पत्नीलाई कोरोना पोजेटिभ देखिएको तर उनीहरुको बच्चाको रिपोर्ट नेगेटिभ देखिएको जोकोभिकले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
उनीभन्दा अगाडि ग्रिगोर डिभित्रोव, बोरना कोरिक र विक्टर ट्रोइस्कीलाई एड्रिया टुरपछि कोरोना संक्रमण पुष्टि भएको थियो । यो प्रतिस्पर्धा जोकोभिकले नै आयोजना गरेका थिए । उनले तीन टेनिस खेलाडीलाई संक्रमण पुष्टि भएको थाहा पाएपछि आफू दुःखी भएको बताएका थिए ।
ब्रिटेनका डेन इवासले तीन खेलाडीलाई संक्रमण पुष्टि हुनासाथ शीर्ष वरियतामा रहेका जोकोभिकले यस इभेन्ट आयोजनाको विषयमा केही जिम्मेवारी महसुस गर्नुपर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस