काठमाडौँ भित्रनेलाई १४ दिन होम क्वारेन्टाइन अनिवार्य, नबसे कारवाही गर्न आदेश
तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार गृहमन्त्रालयले उपत्यकाबाट काठमाडौँ आएर कोरोना परीक्षणको लागि टेकुस्थित प्रयोगशालामा पुग्नेको भीड बढेपछि बाहिरबाट आएका तथा आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र लक्षण देखिएमात्र अस्पताल आउन भनेको छ ।
गृहमन्त्रालयले यो व्यवस्था गराउन भन्दै मंगलबार उपत्यकाका तिनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ । पत्रमा नियमानुसार आवश्यक कारवाही गर्न पनि आदेश दिइएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस