कोरोना कोषमा ३० लाख सहयोग
बागलुङ, १० असार / सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः रु चार÷चार र दुई लाख प्रदान गरिएको ट्राभल्सले जनाएको छ । ट्राभल्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा राज्यलाई सघाएको सञ्चालक मेघ खत्रीले बताउनुभयो । उहाँले आकस्मिक प्रकोप र सङ्कटमा सधँै सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोरोनाका कारण गरिएको बन्दाबन्दीबीच ट्राभल्सले अघिल्लो महिना जापानका लागि तीन चार्टर्ड उडानसमेत गरी यात्रुलाई सेवा पु¥याएको थियो । जापानमा कार्यरत तथा नेपाली विद्यार्थी, विदेशी नागरिकलगायत गरी ७६६ यात्रुलाई नेपाल वायुसेवाको वाइडबडी जहाजमार्फत गन्तव्यमा पु¥याइएको ट्राभल्सले जनाएको छ ।
सञ्चालक केसीले गृहजिल्ला बागलुङको पर्यटन र सामाजिक विकासका क्षेत्रमा ट्राभल्समार्फत सहयोग पु¥याउँदै आउनुभएको छ । कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गरेर ट्राभल्सले राम्रो काम गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाले स्थापना गरेको कोषमा हालसम्म रु ४० लाखभन्दा धेरै रकम जम्मा भइसकेको छ । स्थानीय तहले कोरोना महामारीलाई लक्ष्य गरी खडा गरेका कोषमा देश विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ ।
सहकारीद्वारा कोरोना कोषमा सहयोग
मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार बागलुङ नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना महामारीबाट प्रभावितको उद्धार र राहतका लागि सहयोग पुगोस् भन्ने हेतुले रु १३ हजार कोषमा प्रदान गरिएको सहकारीले जनाएको छ ।
सहकारीका अध्यक्ष गुणराज पौडेललगायत पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकमको ‘चेक’ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरिएको थियो । नगरप्रमुख पौडेलले आफूसमेत शेयर सदस्य रहेको सहकारीले गरेको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले कोषमा जम्मा भएको रकम सङ्कटमा परेकाको उद्धार र राहतमा खर्च गरिने बताउनुभयो । सहकारीका अध्यक्ष पौडेलले स्थापना दिवसमा सानो भए पनि परोपकारी उद्देश्य राखेर राहत कोषमा सहयोग गरिएको बताउनुभयो । कोरोनाको जोखिमका कारण ठूलो कार्यक्रम गर्न नसकिएको सहकारीका सचिव रामप्रसाद शर्माले बताउनुभयो । सहकारीमा ३०० भन्दा बढी शेयर सदस्य छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस