मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो
११ असार / मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७।५ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।
उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ ।
बुधबार दिइएको प्रारम्भिक विवरणअनुसार भूकम्पका कारण सात जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साथै यहाँका अधिकारीहरुले सो भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएका छन् ।
भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरमा सो भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको झड्का निकै शक्तिशाली रहेकोले सो झड्कापछि घरहरु भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस