• जीवनशैली | Jiwanshaili
  • खोलाले बगाएर युवतीको मृत्यु


    खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो । वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उहाँको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ । —


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस