चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख
राजविराज, १२ असार / प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एकरएक लाख दिने घोषणा गरेका छन् । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एकरएक लाख दिने घोषणा गरेको उहाँले राससलाई जानकारी दिनुभयो । चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
प्रदेश सरकारले मृतक परिवारलाई जनही रु एकरएक लाख राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ । जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस