अनियन्त्रित स्कारपियोको ठक्करबाट तीनजनाको मृत्यु

१२ असार, विराटनगर । स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओ बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पैदल यात्री महिला र मोटसाइकलमा सवार दुईजना पुरुषको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका- ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।
दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो । अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुलेको छैन ।
गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस