प्रयोगशाला स्थापनामा ढिलाइ
स्वाबको नमूना जाँच गर्न प्रदेशको डोटी र बैतडी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रासससँग कुरा गर्दै आगामी दश दिनमा स्वाचालित पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालन आउन लागेको जानकारी दिनुभयो । “मेशिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको छ”, मन्त्री सुवेदीले भन्नुभयो, “सञ्चालनमा आउने प्रयोगशालाको एटोमेटिक पिसिआर मेशिनद्वारा स्वाबको नमूना जाँचको दायर बढ्ने छ ।” पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस