युएनको सवारी भित्र अश्लिल हर्कत, भिडियाे भाईरल
संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।
यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको भनेको छ । युएनले यस घटनालाई गम्भीर आपत्ति जनाउँदै चिन्ताजनक रहेको बताएको छ।
इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ । भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।
१८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौन लिलामा लिप्त देखिन्छन् । त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस