• जीवनशैली | Jiwanshaili
  • युएनको सवारी भित्र अश्लिल हर्कत, भिडियाे भाईरल


    संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।

    यस घटनालाई लिएर युएनले अनुसन्धान भईरहेको भनेको छ । युएनले यस घटनालाई गम्भीर आपत्ति जनाउँदै चिन्ताजनक रहेको बताएको छ।

    इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि यो भिडियोलाई आधार मानेर समाचार लेखेको छ । भिडियोमा युएन लेखिएको सवारी भित्र पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

    १८ सेकेण्डको यो भिडियो सवारी जाममा परेर रोकिएको बेला कैद गरेको र उक्त समय ती महिला पुरुष एकापसमा यौन लिलामा लिप्त देखिन्छन् । त्यही सवारी चालकले मुन्टो निहुरिरहेको देखिन्छ भने जाम खुल्ने बित्तिकै सवारी अगाडि हुईकिन्छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस