भारतीय बिँडीसहित तीन पक्राउ
हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन् ।
उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ ।
यसअघि गत जेठ २८ गते सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस