सोमालियामा मारिएका अतिवादी संगठनका कमाण्डर नेपाली भएको दावी
सोमालियामा मारिएका अतिवादी संगठनका कमाण्डर नेपाली भएको दावी गरिएकाे छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार सोमालियाका सुरक्षा फौजले मारेकाे मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरनेपाली भएकाे बताएकाे छ ।त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।
सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन्। उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए।
रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।
हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन्।
सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ।
त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस