• जीवनशैली | Jiwanshaili
  • उसु खेलाडी वीरमान वाइवाको मृत्यु


    एसियन गेम्समा सहभागि उसु खेलाडी वीरमान वाइवाको मृत्यु भएको छ । घरमै सुतेको स्थानमै उनी मृत भेटिएको उनको पारिवारिक स्रोतले जानकारी दिए ।

    शनिबार बेलुका सामान्य अवस्थामा सुतेका उनी आइतबार बिहान मृत्य अवस्थामा भेटिए । वीरमान शनिबार केही समय फुटबल खेलेर घर गएका थिए । सुत्नुअघि सबैसँग राम्रै कुराकानी गरेर उनी सुतेको बताइएको छ ।

    ‘बिहान नउठेपछि कोठामा हेर्दा उनको मृत्यु भइसकेको रैछ । राति नै मृत्यु भयो कि बिहान भयो भन्न थाहा हुन सकेन ।’ पारिवारिक स्रोतले भन्यो ।

    इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा सहभागि भएका उनले राखेप च्याम्पियनसिपमा पदक जितेका थिए । उनले क्योकुशिन फुल कन्ट्याक्ट करातेबाट खेल सुरुवात गरेका थिए । फुलकन्ट्याक कराते हुँदै किक बक्सिङ कुङ फु मुवाथाई समेत खेलेका वीरमान पछिल्लो समय भने उसु खेलमा लागेका हुन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस