पौडी खेल्न गएका एक युवक बेपत्ता
राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ः०० बजे बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताउनुभयो । शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताउनुभयो । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस