बाख्रा चराउन गएकी एक महिलालाई भैंसीले हानेर मृत्यु
१५ असार, कैलालीमा बाख्रा चराउन गएकी एक महिलालाई भैंसीले हानेर ज्यान गएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १५ कनरीमा आइतबार बिहान बाख्रा चराउन गएकी ८९ वर्षीया लक्ष्मी भण्डारीको छिमेकीको भैंसीले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर हिक्मत थापाले एक्कासि भैंसीले आक्रमण गरेपछि घाइते भएकी महिलाको उपचारका लागि अस्पताल पुर्याइएपछि उनको मृत्यु भएको बताए।
भैंसीले हान्दा मृतक महिलाको हात र खुट्टा भाँचिएको र छातीमा खुरले टेकेको उनले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस