दार्चुलामा पहिरोमा परेर बाबु–छोराको मृत्यु, श्रीमती गम्भिर घाइते

दार्चुला, असार १५ । दार्चुलाको जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा परेर बाबु–छोराको मृत्यु भएको छ । श्रीमती गम्भिर घाइते भएकी छन् ।
गाउँपालिकाको वडा नम्बर ४ होपरीमा गएराति जलविद्युत आयोजनाको नहर भत्किदा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।
उनकी श्रीमती चनमति महतालाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको छ भने अन्य तीन घरमासमेत क्षति पुगेको छ । पहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस