रोकिएन टिपर आतंक, काभ्रेमा २ दाजुभाईको ज्यान लियो

काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त दुर्घटनामा परी धुलिखेल नगरपालिका–२ रविओपी बस्ने ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी उपरिक्षक रवि कुमार पाैडेलले जानकारी दिए ।
पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । घाइते दाजुभाइलाई उद्धार गरी शीरमेमारियल अस्पताल लगिएको भएपनि उनीहरुको उपचारको क्रममा ३ः३० बजे मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस