रोकिएन टिपर आतंक, काभ्रेमा २ दाजुभाईको ज्यान लियो
काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त दुर्घटनामा परी धुलिखेल नगरपालिका–२ रविओपी बस्ने ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी उपरिक्षक रवि कुमार पाैडेलले जानकारी दिए ।
पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । घाइते दाजुभाइलाई उद्धार गरी शीरमेमारियल अस्पताल लगिएको भएपनि उनीहरुको उपचारको क्रममा ३ः३० बजे मृत्यु भएको हो ।
मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस