• जीवनशैली | Jiwanshaili
  • काली नरहमा डुबेर आज एक २२ वर्षीया युवतीको मृत्यु


    तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली नरहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

    खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु-याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

    मृतकको शव दमौली अस्पताल ल्याउने तयारी गरिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस