मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु
दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृत्यु भएको हो । डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा५प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा५प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस