क्वारेन्टिनमा नै छैन झुल र बत्ती
साँखु, १८ असार/ शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनु भएका रमेश अधिकारीले जानकारी दिनुभयो ।
विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै पिसिआर परीक्षण गर्न माग गरेका छन् ।
उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दा समेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागिएको गुनासो गरेका छन् । बत्ती नहुँदा सम्र्पकविहीन हुनुपरेको समस्या त छँदैछ, विनापरीक्षण घर पठाउन लागिएकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रहसमेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस