पछिल्लो २४ घण्टामा विपद्का बीस घटना, तीनको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा चट्याङ र पहिराका घटना बढी भएका छन् । कूल २० विपद्का घटनामध्ये १२ घटना चट्याङका मात्रै छन् ।
पर्सामा चार, सर्लाहीमा दुई, रौतहटमा दुई तथा चितवन, प्यूठान, गुल्मी र सप्तरीमा एक÷एक गरी १२ स्थानमा चट्याङ गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चट्याङबाट सर्लाही र सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा ११ जना घाइते भएका छन् ।
यस्तै गुल्मी र बाग्लुङमा तीन ठाउँमा पहिरो गएको छ । वर्षाका कारण घर भत्किँदा गुल्मीमा १८ महिनाको बालकको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । यस्तै धादिङ र रसुवामा आगलागीका घटना भएको प्राधिकरणले आज एक सूचनामार्फत जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस