बझाङमा सिंगाे बस्ती पहिराेले बगायाे, ७ जना बेपत्ता
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए ।
गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताए । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उनकाे भनाइ छ ।
बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस