तेह्रथुममा ट्र्याक्टर दुर्घटना ,दुईको मृत्यु, अन्य पाँच घाइते
तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् ।
मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताउनुभयो । घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ ।
file photo
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस