सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल
सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो । खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो । उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा रोशन थापाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस