• जीवनशैली | Jiwanshaili
  • सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल


    सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो । खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो । उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा रोशन थापाले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस