माछापुच्छ्रे बैंकद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग
असार २१ गते, २०७७।
नेपाल फोटो पत्रकार महासंघलाई माछापुच्छ्रे बैंक लिमिटेडले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ ।
उक्त परिणामको प्रेस ज्याकेट बैंकका नायब महाप्रवन्धक सर्जु कुमार थापाले माछापुच्छ्रे बैंक लिमिटेडको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आईतबार आयोजित संक्षिप्त कार्यक्रमका विच महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आले र केन्द्रीय पदाधिकारिहरुलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
कोरोना महामारिका कारण जारि लकडाउनमा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको पेशागत दयित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न वित्तिय संस्थाहरु मार्फत सहयोग जुटाउने पहल गरेको हो ।
महासंघले जिल्ला तथा प्रदेशबाट माग भईआएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराईरहेकोछ ।
कार्यक्रममा बैंकका कम्पनी सचिव टिका भट्टराई, बैंकका दायित्व तथा बाह्य मामिला विभाग प्रमुख सुनिल खतिवडा तथा दायित्व तथा बाह्य मामिला विभागकी नायब प्रतिमा पाण्डे उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस