• जीवनशैली | Jiwanshaili
  • आजको मौसमः यी क्षेत्रमा आज चट्याङ सहित भारी वर्षा हुने


    असार २२ गते,साेमबार।

    आज देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । आज दिउँसो प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस