नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट
तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो ।
बन्दाबन्दीका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महिनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय सोमबारको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ ।
नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाउनेछन् । नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ ।
कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ । यही असार २५ गते ३३ औँ नगरसभा बस्दैछ ।
नगरपालिकाको बुद्धसिंह मार्गबाट निर्माण सामग्री ढुवानी गर्ने टिपर राति पनि हिँड्ने र शहरी क्षेत्रमा असुरक्षाको अवस्था सिर्जना भएको गुनासो आएकाले ती सवारीसाधनलाई साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र बजार क्षेत्रका सडक बाहेक राजमार्गमा प्रवेश गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
–––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस