• जीवनशैली | Jiwanshaili
  • कारको ठक्करबाट एक पुरुषकाे मृत्यु


    मकवानपुरमा कारको ठक्करबाट एकजना ब्यक्तिको ज्यान गएको छ । सोमबार राती ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ बिजौना सडकखण्डमा कारले ठक्करदिँदा पैदलयात्रुको ज्यान गएको हो । चितवनबाट हेटौँडातर्फ आइरहेको बा२१च ६६४२ नम्बरको कारले करिब ५० वर्षको पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको ठक्करबाट गम्भिर घाईते उनलको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा ज्यान गएको हो । मृतक पुरुष रहेको र उनको अहिलेसम्म परिचय नखुलेको प्रहरीको भनाई छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस