सुशान्तसिंहको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक (भिडिओ)
सुशान्तसिंह राजपूतको अन्तिम फिल्म -दिल बेचारा को ट्रेलर सोमबार रिलिज भएको छ। २ मिनट ४५ सेकेन्डको यो ट्रेलरमा सम्पूर्ण रूपमा सुशान्त र अभिनेत्री सन्जना सांघी छाएका छन्।
फिल्ममा क्यान्सरसँग जुधिरहेकी सन्जनालाई खुसी बनाउन निकै कोशिस गरिरहेका देखिन्छन्। फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ। सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्म जन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टार्सु र यही नामको हलिउड फिल्ममा आधारित छ।
यो फिल्म पहिले २९ नोभेम्बरमा रिलिज हुने भनिएको थियो। तर मिति सर्दैसर्दै ८ मे २०२० मा हुने भएको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस