अवैध घरेलु मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई तीन सय लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।
प्रनि फुयाँलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस