• जीवनशैली | Jiwanshaili
  • अवैध घरेलु मदिरा नष्ट


    जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई तीन सय लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

    प्रनि फुयाँलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस