सिन्धुलीमा बोलेरो दुर्घटना, १ को मृत्यु अन्य तीन घाइते
सिन्धुलीको फिक्कल गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुदाँ १ को मृ’त्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।
सिन्धुलीको खाङसाङबाट सोल्पा जाने क्रममा ना४च ५२८५ नम्बरको बोलेरो दुर्घटनामा हुदाँ फिक्कल गाउँपालिका–५ सोल्पाका धर्मध्वज सुनुवारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारलाई उपचारको लागि खुर्कोट लैजाने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा फिक्कल गाउँपालिका–५ का ४९ वर्षीय चालक टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस