भारतीय हास्य अभिनेता जगदिपको निधन

भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद अलीका अनुसार उनको बुधबार बिहान आफ्नै घरमा ८ बजेर ३० मिनेटमा निधन भएको हो ।
बुढेसकाल लागेसँगै उनी विभिन्न रोगका कारण थलिएका थिए । फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस