सुशान्त राजपूतपछि अर्का भारतीय अभिनेताले पनि गरे आत्महत्या
भारतीय टिभी अभिनेता सुशील गौडाले पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण खुलेको छैन ।
३० वर्षका सुशील आफ्नो गृहनगर कर्नाटकमा बस्थें । उनले रोमान्टिक सिरियल अन्तपुरामा काम गरेका थिए । प्राप्त जानकारीअनुसार सुशीलले मंगलबार आत्महत्या गरेका हुन् । अभिनेतासँगै उनी फिटनेश ट्रेनर पनि थिए र कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्न मेहिनत गरिरहेका थिए । प्रदर्शनमा आउन बाँकी रहेको ‘सालागा’ फिल्ममा उनले पुलिसको भूमिका निर्वाह गरेका थिए, यस फिल्ममा अभिनेता दुनियाँ विजय लिड रोलमा छन् ।
सुशीलको निधनपछि अभिनेता दुनियाँ विजय निकै दुखित भएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जब मैले पहिलोपटक उनलाई देखेको थिएँ तब मलाई उनी हिरोजस्तो लाग्यो । फिल्म रिलिज हुनअघि नै उनले हामीलाई चाँडैं छाडेर गए ।
आत्महत्या गर्नु कुनै समस्याको हल होइन । मलाई लाग्छ कि यस वर्ष मृत्युको सिलसिला रोकिदैंन । केवल कोरोना भाइरसका कारण यो भएको छैन । मानिसको जागिर गइरहेको छ । उनीहरुमा विश्वासको कमी छ । यस समय मजबुत बनेर बस्नुपर्छ, जसकारण यस मुस्किल घडीबाट निस्कन सकियोस् ।
त्यस्तै निर्देशक अरविन्द कौशिकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘निकै दुःखद खबर प्राप्त भयो । सुशील गौडा जो टिभी सिरियल ‘अन्तपुरा’ मा लिड रोलमा थिए, अब यस दुनियाँमा रहेनन् । उनको आत्मालाई शान्ति मिलोस् ।’
वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस