सिन्धुपाल्चोकको बन्जीमा अर्काे वितण्डा, बाढीले चार जना बेपत्ता

सिन्धुपाल्चोकको बन्जीमा पनि बाढीले चार जना बेपत्ता भएका छन् । भोटेकोशी गाउँपालिकाको नयाँपुल नजिकैको झ्याले भन्ने स्थानको ठाडो खोलामा आएको बाढी एकै परिवारका चार जना बेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको छन् । नयाँपुल र झ्याले भन्ने स्थानको बीचमा रहेको बुलकोटेखोलको सानोपुल पनि बगाएको छ ।
राजमार्गको बाह्रबिसे तातोपानी खण्डको खागदलदेखि लिपिङसम्मको सडक जताततै बगाएको छ । भोटेकोसी गाप ५ मा पर्ने उक्त स्थान बन्जीजम्प भन्दा करिव आधा किलोमिटर तातोपानीतर्फ रहेको छ । घर बगाएको स्थानबाट भोटेकोसी नदी करिव सय मिटर मात्र तल रहेको छ ।
वडाअध्यक्ष सुब्बा तामाङका अनुसार वेपत्ताको खोजी भइरहेको छ । बगाएर भोटेकोशीमा पुर्याएको भए शव फेला पार्न कठिन हुने उनले बताए । गएराति नै सिन्धुपाल्चोकको जम्बु भन्ने स्थानमा भोटेकोशीको बाढीले १५ घर बगाएको छ भने १८ बेपत्ता भएका छन् । दुई जनाको मृत्युु भएको छ । बेपत्ताहरुको खोजीकार्य जारी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस