पोर्न साइट बनाएर चलाएको अभियोगमा गोंगबुका २३ वर्षीय युवक पक्राउ
प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो ।
श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् । श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको थियो ।
उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस