सुन्दर यातायातले मङ्गलबारदेखि बस सञ्चालन गर्ने
नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो । सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो । उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन । सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस