• जीवनशैली | Jiwanshaili
  • स्याङ्जामा पहिरो, ३ जना बेपत्ता


    स्याङ्जा — कालीगण्डकी गाउँपालिका–४ खहरेमा मंगलबार बिहान पहिरो जाँदा ३ जना बेपत्ता भएका छन् । कालीगण्डकी–४ का प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टीकाबहादुर थापा पहिरोमा पुरिएका हुन् ।

    बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकी ३ जनाको उद्धार गरिएको छ ।

    सोही ठाउँका हुमनाथ पाण्डे, इमानसिंह राना र वीरबहादुर रानाको उद्धार गरी उपचारका लागि गल्याङ लगिएको उनले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस