बैंकमा शङ्कास्पद वस्तु फेला
सल्यान, १ साउन/ बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो ।
जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस