बलिउड अभिनेत्री ऐश्वर्या र छोरी आराध्या पनि अस्पताल भर्ना
कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् ।
उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ ।
यसअघि गत शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको पनि नानावटी अस्पतालमा नै उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस