कोरोनासँगै पहिरो पीडितलाई राहत
गण्डकी, ३ साउन /मुस्ताङको लोमन्थाङस्थित पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड–१९ र प्राकृतिक विपत्तिमा परेकालाई राहत प्रदान गरेको छ ।
लोमन्थाङ गाउपालिका–३ मा स्थायीरुपमा सञ्चालन भई हिउँदको समयमा पोखरा महानगरपालिका–१८ खपौदीमा सञ्चालन हुँदै आएको गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको छ ।
प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिका ३२ लामे आहालस्थित राधाकृष्ण वृद्धाश्रम र पोखरा महानगरपालिका–२६ स्थित पैते डाडा पहिरो पीडितसमेतलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो । पोखरा २६ पैते डाडाका पहिरो पीडित करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पोखरा महानगरपालिका–२६ का वडाअध्यक्ष नारायण बरालले आभार व्यक्त गर्नुभयो ।
पाल ऐहाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङले स्कुलका तर्फबाट कोरोना महामारी पीडितका साथै बाढी पहिरो पीडितलाई सहयोग गरिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आँफूहरूले राहत तथा सहयोग गरेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस