नहरमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु
सर्लाहीका छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोडैता, बागमती र हरिपूर्वा नगरपालिकामा १–१ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना मानसिक सन्तुलन ठीक नभएका व्यक्ति छन् ।
गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश कुमार दासको घरबाट ५ सय मिटर दक्षिण रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएकी उनी बागमती नगरपालिका ८ स्थित माइतमा बस्दै आएकी थिइन् ।
त्यस्तै, बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको पनि नहरमा डुबेर मृत्यु भएको छ ।
उनी हजुरआमासँगै खेतमा काम गर्न गएकी थिइन् । हजूरआमाले धान रोपिरहँदा उनी गौशाला नगरपालिका ७ ट्याक्टर बाँधस्थित सेक्टर नहरमा पानी पिउन गएकी थिइन् । सोही क्रममा त्यही नहरमा डुबेर उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस