एक हजार नेपाली स्वदेश फिर्ता
विभिन्न मुलुकमा अलपत्र एक हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १० अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र दुई शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १५२ यात्रु र दुई शव ल्याएको छ ।
हिमालय एयरलाइन्सले आबुधाबीबाट १५३ यात्रु र दुई बच्चा तथा दोहाबाट १५५ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट दुई उडान गरी क्रमशः १७८ र १७६ नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट नौ उडान गर्ने विमानस्थलले तालिका बनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस