• जीवनशैली | Jiwanshaili
  • धादिङमा पहिरो, एकैपरिवारको तीन जनाको मृत्यु


    साउन ६ गते, २०७७।

    धादिङमा पहिरोले एकै परिवारको तीन जनाको ज्यान लिएको छ ।

    जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा गएको पहिरोमा परि २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको हो ।
    सुतिरहेको बेला गएराति आएको पहिरोले घर पुरिएर उनीहरु तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले बताएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस