विद्युतीय बस खरीदका लागि स्पेशिफिकेसन बनाउँदै मन्त्रालय
साउन ७, २०७७
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस खरीदका लागि स्पेशिफिकेसन बनाउन शुरु गरेको छ । मन्त्रालयले विद्युतीय बसमा काम गरिरहेका उत्पादक तथा विक्रेता कम्पनीहरूसँग विद्युतीय बसको बारेमा जानकारी लगी स्पेशिफिकेसन बनाउन लागेको हो । मन्त्रालयले स्पेशिफिकेसन बनेलगत्तै बस खरीदका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ ।
सरकारले २०७५ पुसमा विद्युतीय बस खरीद गर्ने निणर्य गरेको थियो । उक्त निणर्यपछि प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले २०७६ को बैशाखदेखि नै काठमाडौंमा विद्युतीयद बस सञ्चालन गर्ने दाबी गरेका थिए । तर गत वर्ष असार अन्तीम साता मात्र सरकारले विद्युतीय बस खरीदका लागि रू. ३ अर्ब छुट्टाएर सरकारी स्वामित्व रहेको साझा यातायातलाई उक्त रकम हस्तान्तरण गरेको थियो । तर समयमै बस खरीद गर्न नसकेको भन्दै सरकारले रकम हस्तान्तरण गरेको ३ महीनामै बस खरीदको सम्पूणर् काम रोक्न साझालाई निर्देशन दिएको थियो । पछि माघ दोस्रो साताको मन्त्रिपरिषद्को वैठकले साझालाई दिएको उक्त रकम फिर्ता लगी मन्त्रालयलाई बस खरीदको जिम्मेवारी दिने निणर्य गरेको थियो।
बस खरीदको जिम्मेवारी पाएपछि विद्युतीय बसको अध्ययन शुरु गरेको मन्त्रालयले कोरोना संक्रमण फैलिदै गएर लकडाउन भएपछि यसको काम अघि बढाउन सकेको थिएन । तर गत असार दोस्रो साता मन्त्रालयले विद्युतीय बसमा काम गरिरहेका कम्पनीबाट विद्युतीय बससम्बन्धी विवरण लिई स्पेशिफिकेसन बनाउने काम शुरु गरेको हो । स्पेशिफिकेसनको काम अन्तिम चरणमा पुगेको बताउँदै यसलगत्तै टेन्डर आह्वान गर्ने तयारी रहेको मन्त्रालयका यातायात शाखाका प्रमुख शंकरसिँह धामीले बताए ।
क्याटेगोरी : खोज/विशेष, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस